नेपाल टी–२० क्रिकेट: लुम्बिनीको सातौं जित
पाेखरा | पुस १९, २०७९
काठमाडौं: लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाई सकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो ।
जितका लागि लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६र२६ रन बनाउनुभयो ।
समिउल्लाह शिनवारीले १८ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओधभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन बनायो ।
लुम्बिनीका लागि हरमित सिंहले ७३ रन बनाउनुभयो । लाहिरु मिलान्थाले ३३, ह्यारी टेक्टरले अविजित १८, कुशल भुर्तेलले १७ र कप्तान दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सरफुदिन असरफले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो ।
जितसँगै शीर्षस्थानमा रहेको लुम्बिनीले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित जनकपुर समान खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

