निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष ६ महिना कैद फैसला
बाग्लुङ | पुस १९, २०७९
बागलुङः बागलुङ निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ ।
बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्ती माथी लागेको लागूऔषध सम्बन्धी कसुर ठहर गर्दै आज बागलुङ जिल्ला अदालतका न्यायाधिस डा. दिवाकर भट्टको इजलाशले तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले जानकारी दिए ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका घर्ती माथी लागेको लागूऔषध गाँजा÷चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर गरेपछि आज कैद तोक्न आदेश दिइएको थियो । आदेश अनुसार आज न्यायधिस भट्टले कैद र जरिवाना फैसला गरेका हुन् ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथी लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालिन अबस्थामै घरबाटै पक्राउ गरेको थियो ।
बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजारचरेसरनियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका घर्ती नेकपा एमालेका भुमिराज घर्तीलाई पराजित गर्दै निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेक...
पाल्पामा फोर्स गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की अन्दाजी ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्य...

