प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन (तस्बिरहरु)
पाेखरा | पुस १७, २०७९

पोखरा: प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज (आइतबार) उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मित स्तम्भको अनावरण गर्दै औपचारिक उद्घाटन गरेका हुन् ।
सो समारोहमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट आएका थिए । नेपालको तेस्रो अन्तरराष्ट्रिय विमानस्थलको रुपमा निर्मित फोरडी मोडलको एयरपोर्ट चिनियाँ कम्पनी सिएएमसीले निर्माण गरेको हो ।
उक्त विमानस्थलको लागत करिब २२ अर्ब रहेको छ । पोखरेलीबासीको वृहत सहभागितामा उद्घाटन गरिएपनि अझै केही प्राविधिक पक्षमा काम गर्न बाँकी रहेको बताइएको छ ।
आन्तरिक उडान भएपनि अन्तरराष्ट्रिय उडान सुरु हुन भने समय लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
अन्य तस्बिरहरु:-
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहा...
ढोरपाटन: अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड ...
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परे...