शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयहरू गाभिदै

काठमाडाैं | पुस १७, २०७९

शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयहरू गाभिदै

सुर्खेत:  शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन (मर्ज) गरिएका छन्। स्थानीय तहले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन्। 


सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठवटा कायम गरेको छ। विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ। 


विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको हो। विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालय समायोजन गरिएको पालिकाले जनाएको छ। 


लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको थियो। 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले सोही कार्यविधिलाई आधार मानेर आर्थिक वर्ष २०७५र७६ देखि विद्यालय समायोजन थालिएको जानकारी दिनुभयो।


विद्यालय समायोजन अभियानअन्तर्गत सिम्ताको वडा नं. ५ मा रहेको भैरव प्राथमिक विद्यालय बजेडाआलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडाआलीमा मर्ज गरिएको छ।


यस्तै वडा नं.४ मा रहेको कोइली प्राथमिक विद्यालयलाई सिद्ध प्राथमिक विद्यालयमा गाभिएकोमा फेरि सिद्ध प्राथमिक विद्यालयलाई पनि भानु माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। वडा नं.४ मै रहेको दुर्गा आधारभूत विद्यालय भोटमुग्रालाई वागेश्वरी प्राथमिक विद्यालय सिमलगाउँमा मर्ज गरिएको छ। पालिकाको वडा नं.१ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गैरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घोरेटामा गाभिएको छ। 


शिक्षा शाखा प्रमुख गौतमले वडा नं.८ मा रहेको प्राथमिक विद्यालय कोलडाँडालाई नेरा माध्यमिक विद्यालय खेल्नेचौरमा मर्ज गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ३ को शिखर प्राथमिक विद्यालय आग्रीगाउँलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लापुमा गाभिएको छ। 


वडा नं. १ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गान्द्रास्थित भगवती माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। पालिकाका शिक्षा शाखा प्रमुख गौतम भन्नुहुन्छ, “विद्यार्थीको सङ्ख्या हेरेर विद्यालय गाभ्ने अभियान थालेका छौँ, जसअन्तर्गत थुप्रै विद्यालय मर्ज भइसकेका छन्। उहाँले अझै तीनरचारवटा विद्यालय गाभ्नुपर्ने देखिएको बताउनुभयो।


सिम्ता गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ। अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका थुप्रै विद्यालय सञ्चालनमा छन्।
 

शिक्षक विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानी विद्यालय समायोजनको अभियान चलिरहेको छ। गाउँपालिका क्षेत्रभित्रका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी सङ्ख्या बढाउने मौका दिएको छ। यो वर्ष थप चारवटा विद्यालय मर्ज गर्ने तयारी पालिकाको छ।


जिल्लाका नौवटै पालिकामा केही वर्षयता धमाधम विद्यालय मर्ज गर्न थालिएको छ। सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको वर्षौं बिते पनि सङ्घीयता कार्यान्वयनमा आएसँगै यसले गति लिएको हो। माध्यमिक तहसम्मको शिक्षा हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ।   

पोखरा:   पोखरा महानगरपालिका १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु  भएको छ ।  पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका नागढुङ्गाक...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार साँझ मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत मात्र खसेको हो। अधिकारीले...

थप पढ्नुहोस्

काठमाडौं:    जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका ...

थप पढ्नुहोस्