ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम
पाेखरा | पुस १५, २०७९
पोखरा: तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए ।
पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब पामेका अध्यक्ष लक्ष्मण तिमिल्सिना, पामे बचत तथा ऋण सहकारीका व्यवस्थापक सुर्यमोहन पराजुली लगाएतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...
काठमाडौंः: नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना ...
पर्सा: सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वप...

