वडा कार्यालय द्वारा सरसफाई सामाग्री वितरण
पाेखरा | पुस १५, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ वडा कार्यालयले आमा समूह र टोल विकास संस्थालाई सरसफाई सामाग्री वितरण गरेको छ ।
पोखरा– ९, शान्तिबन वाटिका टोलविकास संस्था र शान्तिघाट आमा समूहको संयुक्त आयोजनामा विहिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए ।
वडा अध्यक्ष मर्सानीले टोलविकास संस्थाका अध्यक्ष शेषनारायण पौडेललाई सामाग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल र बाटो तथा पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेकोले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार वनाउन सरसफाई सामाग्री वितरण गरेको वताए ।
सो अवसरमा वडा सदस्यहरु लक्ष्मी पहारी र गीता नेपालीले सरसफाई सामाग्रीको संरक्षण गर्दै साप्ताहिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलवासीलाई आग्रह गरेका थिए ।
शान्तिबन वाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शान्तिघाट आमा समुहकी उपाध्यक्ष साबित्री पहारीले स्वागत र कार्यक्रम संचालन अध्यक्ष सरस्वती श्रेष्ठले गरेका थिए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...

