विभाजन गर्न नभई पहिचान झल्काउन गुरुङ भाषामा सपथ लिएः सांसद गुरुङ
पाेखरा | पुस १४, २०७९
पोखराः गण्डकी प्रदेश सभामा मातृभाषामा सपथ ग्रहण गर्ने दुई महिला र एक पुरुष थिए । मातृभाषामा सपथ ग्रहण गर्ने तीनै जना सांसद समानुपातिक सूचीबाट आएका हुन् ।
आदिवासी जनजाति कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका गुरुङसँगै पार्वती तामाङ र राप्रपाबाट सांसद बनेका पन्चराम गुरुङले मातृभाषमा सपथ लिए ।
मातृभाषामा सपथगरेपछि सुनगाभा न्यूजसँगै बोल्दै सांसद सरस्वती गुरुङले कसैलाई विभाजन गर्न नभई आफ्नो जातिको पहिचान संरक्षण गर्न गुरुङ भाषामा सपथ ग्रहण गरेको प्रतिक्रिया दिइन् ।
‘मलाई गर्व लागेको छ, म जुन भाषाबाट हुर्के, मेरो पहिलो पाठशाला, गुरुआमा, परिवारले पहिलो भाषा नै ‘चमी’ भनेर बोलाउनुभयो, सांसद गुरुङले कांग्रेस नेता भिमबहादुर तामाङलाई सम्झिदै भनिन्,‘ विभाजन गर्न होइन कि पहिचान भेटाउन भन्ने सन्देश दिन गुरुङ भाषामा सपथ लिएको हुँ ।’
उनले आफ्नो समुदायको पहिचान झल्काउन मातृभाषामा सपथ लिएको दोहोर्याइन् । ‘विविधतामा एकता छ भन्ने सन्देश प्रवाह गर्न पनि आफ्नो समुदायका सांसदहरु जातिय पोशाकमा आउनुभएको छ, उनले भनिन्, ‘आफ्नो जातिको पोशाक लगाउँदै ठुलो जाति हुन्छ भन्ने हुँदैन सबैको समान हक अधिकार छ भन्ने सन्देश प्रवाह गर्न पनि जातिय पोशाक र भाषामा सपथ लिएको हो ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

