गण्डकी प्रदेशका सांसदहरूले लिए सपथ

पाेखरा | पुस १४, २०७९

गण्डकी प्रदेशका सांसदहरूले लिए सपथ

पोखराः   गण्डकीका प्रदेश सभा सदस्यहरुले आज (बिहिबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । 


नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।

 


गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । 

 

 

त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।


प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

 


प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको थियो । गण्डकी प्रदेश सभामा मातृभाषामा नेपाली कांग्रेसकी

 

सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् । तीन जना प्रदेश सभा सदस्यले मातृभाषामा सपथ लिएका थिए । 

 

मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका थिए। 

 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्