सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडाैं | पुस १४, २०७९

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं:   पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा  सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।


बिहीबार पाटनका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा लामिछानेको पुनरावेदनको मुद्दा परेको हो ।


यसअघि पुस १२ गते काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।


गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।


काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । क्रिकेटर लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्