महान्याधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस
काठमाडाैं | पुस १२, २०७९
काठमाडौं: सरकारले कानुनी सल्लाहकार मानिने महान्याधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महान्यायाधिवक्तामा अधिवक्ता डा। पोखरेललाई सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।
पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए।
उनले कानुनमा विद्यावारिधी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातिले सोमबार राजीनामा बुझाएका थिए।
सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार फेरिने प्रचलन छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

