नेपथ्य टोली पोखरामा, कन्सर्टको सम्पुर्ण तयारी पुरा
पाेखरा | पुस ११, २०७९
पोखरा: अमृत गुरुङ लगायत मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र व्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइतबार बेलुका नै पोखरा आइपुगि सकेका छन् ।
यसपटकको दौडाहाअन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत र बुटवलमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत गृहमैदान पोखरामा नवौं प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस १२ गते मंगलबार बेलुकी ४ बजे स्थानीय नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा हुनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

