पृथ्वीनारायण क्याम्पस खेलकदुमय, दोस्रो दिन निबन्ध र कविता लेखन प्रतियोगिता सम्पन्न

भलिबल, फुटबल, बास्केटबल प्रतियोगिता जारी

पाेखरा | पुस ११, २०७९

पृथ्वीनारायण क्याम्पस खेलकदुमय, दोस्रो दिन निबन्ध र कविता लेखन प्रतियोगिता सम्पन्न

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा अन्तर संकाय सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ । 


प्रतियोगिताको दोस्रो दिने निबन्ध लेखन र कविता लेखन सम्पन भएको छ । निबन्ध लेखनमा ३० जना र कविता लेखनमा २२ जनाले सहभागिता जनाएका थिए । 


कविता लेखन तर्फ मानविकी संकायका तारानाथ पराजुली प्रथम, शिक्षा संकायका रोजिना घिमिर द्धितिय,  व्यवस्थापन संकायका सम्झना सार्की,विज्ञान संकायका विवेक सापकोटा  तृतिय र कानुन संकायका अभिषेक रेग्मीले सान्तवना भने निबन्ध लेखन तर्फको नतिजा समापन कार्यक्रमको दिन प्रकाशन गरिने कार्यक्रम संयोजक शोभाकान्त गौतमले बताए । 

 


यस्तै क्याम्पसमा अन्तर संकाय स्तरीय फुुटबल, भलिबल र बास्केट प्रतियोगिताहरु समेत सञ्चालन भएको छ । 


फुटबल


फुटबलतर्फ क्वाटरफाइनल खेलको पहिलो खेलमा विविए संकायले पहिलो जित निकालेको छ । क्याम्पसको फुटबल मैदानमा भएको खेलमा विज्ञान संकायलाई ६–५ गोलको अन्तरले पराजित गदै सेमिफाइनल प्रवेश गरेको छ । 


दोस्रो खेलमा मानविकी संकायलाई पराजित गर्दै विविएस संकाय (राहुल)को समूह सेमिफाइनल प्रवेश गरेको छ । मानविकी संकायलाई ५–१ गोलले पराजित गर्दै विविएस सेमिफाइनल प्रवेश गरेको हो । 


यस्तै तेस्रो खेलमा विविएस संकाय (अशोक समूह) विजयी भएको छ । विसिए संकायलाई ५–० गोलको अन्तरमा पराजित गर्दै विविएस संकाय (अशो समूह) सेमिफाइनल प्रवेश गरेको छ । यस्तै अन्तिम खेलमा विविए संकाय विजयी भएको छ । विएड संकाय र कानुन संकायबीच भएको खेलमा ४–१ गोलको अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फुटबल तर्फको सेमिफाइनल खेल पुष १३ गते सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ ।  


भलिबल 


यस्तै छात्र भलिबल प्रतियोगिताको पहिलो खेलमा शिक्षा संकायलाई पराजित गदै विविए संकाय विजयी भएको छ । विविएले २५–१७ र २५–१७ को अङ्कमा पराजित गरेको छ । 


दोस्रो खेलमा विज्ञान र व्यवस्थापन संकायबीच भएको खेलमा विज्ञान संकाय विजयी भएको छ । विज्ञान संकायले २५–२०, १५–२५ र २५–१० अङ्कले पराजित गरेको हो । 


तेस्रो खेलमा विविए र विएड संकायबीचको खेलमा विएड संकाय विजयी भएको छ । विएडले २५–१८ र २५–१२ को अङ्कले पराजित गरेको छ । 


बास्केटबल 


बास्केटबल तर्फ पहिलो खेलमा विविए र कानुन संकाय बिच ६३–२४ नम्बरका साथ विविए संकायले पहिलो जित निकालेको छ । 


दोस्रो खेलमा विज्ञान र शिक्षा संकाय बिच ५२–५३ नम्बरले शिक्षा संकाय, तेस्रो खेलमा विए र विविएस बिच २८–२७ नम्बरका साथ विविएस संकाय, चौथो खेलमा विसिए र विविएस बिच ४१–४० नम्बरले विविए संकाय र पाचौँ खेलमा विविएस र विज्ञान संकाय बिच ३५–२३ ले विविएस संकाय विजयी भएको छ । 


बाँकी खेलहरु मंगलबार सञ्चालन हुने क्याम्पसले जनाएको छ । पुष १० देखि सुरु भएको प्रतियोगिता पुष १४ गतेसम्म सञ्चालन हुनेछ । 

 

 

 

 

 

 

 

 

 


 

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...

थप पढ्नुहोस्

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...

थप पढ्नुहोस्

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्