सहरी क्षेत्रमा मध्यपहाडी राजमार्ग आवश्यक नरहेको भन्दै महानगरमा धर्ना (भिडियोसहित)

कास्की | पुस ८, २०७९

सहरी क्षेत्रमा मध्यपहाडी राजमार्ग आवश्यक नरहेको भन्दै महानगरमा धर्ना (भिडियोसहित)

पोखरा:   कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ याम्दी पुलसम्म पुष्ष्लाल मध्यपहाडी राजमार्गको टेण्डर आह्वान भएपछि स्थानीय आन्दोलित भएका छन् ।  स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाइएकाले विरोध गर्दै  पोखरा १६ का बासिन्दाले पोखरा महानगरमा धर्ना दिएका हुन् ।
 

याम्दी पुलसम्म राजमार्गको रेखांकन बारेमा सूचना नै नदिएर राष्ट्रिय गौरवको आयोजनाको ३५.५ किलोमिटर कामको वातावरणीय प्रभाव मूल्याङ्कन र ( इआईए) अध्ययन पुरा नै नगरी टेण्डर आह््वान भएपछि आन्दोलित भएको आयोजना पीडित संघर्ष समितिका सचिव सन्दीप थापाले बताए । 

 

उनले माग सुनावाई नभए आगामी १३ गतेसम्म पोखरा महानगरपालिकाको कार्यालय अगाडि दैनिक बिहान ९ः३० देखि ११ः३० सम्म धर्ना दिने बताए ।  ‘राष्ट्रिय गौरवको आयोजना भनि पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना मादी गाउँपालिकाको भैसदेखि पोखरा महानगर १६ सम्म बन्ने भने टेण्डरको सूचना आयो, थापाले भने, ‘पोखरा महानगर १५ र १६ का स्थानीयसँग कुनै समन्वय नगरेर आयोजना अगाडी बढ्दै गर्दा जग्गाधनी, पर्यटकीय स्थल, विद्यालयलाई बेवास्ता गरि योजना अगाडी बढेको छ । यसको विरुद्ध हामी आजदेखि विरोध गर्दै धर्ना दिएका हौं । हामी हरेक दिन २ घण्टा आगामी १३ गतेसम्मै दिनेछौ ।’

 

आन्दोलित राजमार्ग आयोजना पिडित संघर्ष समितिले पोखरा महानगर १६ कार्यालयबाट सम्बन्धित सरोकारवालाहरुको भेला नै नबोलाई तत्कालिन वडाध्यक्ष जीवन आचार्यले आफु अनुकुलका स्थानीयको हस्ताक्षर संकलन गरि सिफारिस गरेको आरोप छ ।  राजमार्गको योजना अगाडी बढ्दा स्थानीयसँग समन्वय नै नगरी बन्द कोठामा बसेर नक्साङ्कन गरिएको छ । मध्यपहाडी राजमार्ग घना बस्तीमा किन ? व्यक्तिको घर नै नरहने र सुकुम्बासी बनाउन महानगर भित्र–भित्र राजमार्ग घुमाइएको हो?’  थापाको प्रश्न छ ।

 

राष्ट्रिय गौरवको आयोजना अन्तरगत पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना नामाकरण भई मादी गाउँपालिका भैंसे–ज्याम्दु–मेलबोट, पानीघाट, आटीघर, अर्मलाकोट, कार्लाखोलापुल, महेन्द्र गुफा –चमेरे गुफा, बिसौनी–लामाचौर, जौबारी–याम्दी पुल सम्म २०७९/०९/१४ गते आयोजनाको टेण्डर प्रकाशित भएको छ । 

भिडियो:-

 

 

पोखरा १६ स्थित राजमार्गको सम्पूर्ण भागको लागि आवश्यक पर्ने जग्गामा विरोध नभएको, कुनै मुआब्जा दिन नपर्ने , क्षतिपूर्ति समेत न्यून हुने भन्दै वडा कार्यालयले पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालय पर्वतलाई झुटा एवं गैर कानुनी व्यहोरा सिफारिस गरेको सँघर्ष समितिको आरोप छ । 

 

पोखरा महानगरपालिकाका तत्कालिन मेयर मानबहादुर जिसी, पोखरा १६का तत्कालीन वडाध्यक्ष जिवनप्रसाद आचार्य, पुष्पलाल मध्यपहाडी राजमार्ग सडक योजना कार्यालय, पर्वत शाखाका प्रमुख नारायण दत्त भण्डारी एवं आयोजना निर्देशनालय बुद्धनगर काठमाडौैका प्रमुख हरिकुमार पोखरेलबाछ गैर कानुनी र गैर जिम्मेवारी पूर्ण रुपमा नागरिकहरुले पाउनुपर्ने सूचनाको हकलाई कुण्ठित गरेको राजमार्ग पिडित संघर्ष समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले बताए । 

 

उनका अनुसार सँघर्ष समितिले काठमाडौंबाट प्रकाशित मिति २०७९÷०९÷१४ गते आइबी, नम्बर ०१–०७९÷०८० को टेण्डर विषय र सार्वजनिक सुनुवाई सम्बन्धमा मिति ०७९/०५२७ गते प्रकाशित राजमार्गको टेण्डरलाई तत्काल रोकी सहरी क्षेत्रमा नभई मध्यपहाडी राजमार्गको मर्म अनसार पोखरा महानगरपालिकाको ग्रामीण क्षेत्रलाई नयाँ विकल्प खोज्न सम्बन्धित निकायलाई खबरदारी समेत गरेको छ । 

 

भिडियो तथा तस्बिरहरु: अर्जुन गाहा मगर (सुशान्त)

 

 

 

 

 

 

 

 

 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्