सुनकोसीमा पक्की पुल, दिक्तेलदेखि सिधैै गाईघाट सम्मको यात्रा गर्न सकिने
खोटाङ | पुस ८, २०७९
फाइल तस्बिर
खोटाङ: उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेल जोड्ने गाईघाट दिक्तेल सडकखण्डको सुनकोसी नदीमा निर्माण गरिएको पक्की पुलमा बिहीबारदेखि यातायातका साधन सञ्चालन भएका छन् ।
गाईघाट दिक्तेल सडक खण्डको उदयपुरस्थित रौमाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा बिहीबारदेखि उदयपुरको गाईघाटदेखि सिधैै खोटाङ दिक्तेल र दिक्तेलदेखि सिधैै गाईघाट सम्मका यातायातका साधनहरु सञ्चालन हुन थालेको खोटाङ खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए ।
अझै सुनकोसीको पुल निर्माण सम्पन्न गर्न केही काम बाँकी रहेको भए पनि यातायात व्यवसायीको दबाब र जनताको मागअनुसार पुल निर्माणको अन्तिम केही कार्य बाँकी रहेको भए पनि बिहीबारदेखि यातायातका साधन सुचारु गरिने अनुमति प्रदान गरेको उक्त पुल हेर्ने पुल सेक्टर नम्बर १ धरानका प्रमुख प्रदीप भण्डारीले बताए ।
दश वर्षअघिनै सुनकोसीमा पक्की पुल निर्माण कार्य सुरु भएको थियो । माघसम्ममा पुल निर्माण सम्पन्न भइसक्ने छ । पार्वता गौरा जेभि कन्ट्रक्सन निर्माण कम्पनीले २०६९ चैतदेखि सुनकोसीमा पुल निर्माण सुरु गरेको हो । विसं २०७५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीले काममा ढिलाइ गर्दा उदयपुर, खोटाङ, तराई, मधेस आवतजावतमा कठिनाइ भोग्नु परिरहेको थियो ।
पुल निर्माणका लागि रु १९ करोड ६० लाख खर्च भएको पुल निर्माण कम्पनीका कर्मचारी सुजन पाण्डेले बताए । एक सय ४२ मिटर लम्बाइ र छ दशमलव पाँच मिटर चौडाइको पुल निर्माण गरिएको छ । सुनकोसीमा पक्की पुल नहुँदा २०६९ सालदेखि गाईघाट दिक्तेल सडक खण्डको सुनकोसीमा छ महिना बेलिबृज जडान गरेर छ महिनासम्म यातायातका साधन चल्ने गरेका थिए । जेठमा सुनकोसीमा पानीको बहाव बढेपछि छ महिनासम्म वर्षा याममा बेलिबृज खोलिने गरिएको थियो ।
गाईघाट दिक्तेल सडक खण्डमा ६ महिना हिउँदमा यातायात सुचारु हुने र वर्षामा छ महिना यातायात सञ्चालन कार्य बन्द हुने गरेको थियो । यस पटक सुनकोसीमा पक्की पुल निर्माण भएपछि बेलिबृज पनि हटाइको छ भने अब हिउँद वर्षा दुवै याममा उदयपुरको सदरमुकाम गाईघाटदेखि खोटाङको दिक्तेलसम्म र दिक्तेलदेखि गाईघाटसम्म सिधै यातायातका साधन चल्ने छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

