पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुद
पाेखरा | पुस ७, २०७९
पोखराः पृथ्वीनारायण क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।
नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो ।
पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा पुष १० देखि १४गते प्रतियोगिता सञ्चालन हुने क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए ।
उनका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र÷छात्रा, बास्केटबल छात्र/छात्रा, टेबुल टेनिस छात्र/छात्रा, बुद्विचाल छात्र/छात्रा, भलिबल छात्र/छात्रा, पुरुष क्रिकेट, एथ्लेटिक्सतर्फ ५ कि.मि सडक दौड छात्र, छात्रा र अतिरिक्त क्रियाकलाप तर्फ निबन्ध लेखन, वक्तृत्वकला र कविता लेखन गरि १० विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. कोइरालाले बताए । ‘पत्येक वर्ष क्याम्पसले अन्तरसंकाय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ, उनले भने, ‘ ३ वर्ष कोरोना भाइरसको कारण प्रतियोगिता सञ्चालन गर्न सकेनौं अब प्रतियोगितालाई निरन्तरता दिन्छौं । ’
शिक्षा संकायका सहायक प्रमुख यादव राज अधिकारीले आज (बिहिबार) सम्म टिम दर्ताको समय भएको र प्रतियोगितामा विद्यार्थीको संख्या बढी रहेको बताए ।
‘लामो समय पछिको यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ, उनले भने, ‘ प्रतियोगितामा विद्यार्थीहरुको घुइचो बढेर आएको छ । आज सम्म टिम दर्ता प्रक्रिया पुरा हुन्छ, कुन खेलमा कति संख्या छ त्यै अनुसारको खेल हामिले निर्धारण गर्छौँ । खेल तालिका भोलिसम्म सार्वजनिक गर्छौं ।’
खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । त्यस्तै एथ्लेटिक्स र अतिरिक्त क्रियाकलापतर्फका विजेताहरुले मेडल, प्रमाणपत्र र नगद पाउने अधिकारीले बताए ।
यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

