नेप्सेमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब माथि
काठमाडाैं | पुस ७, २०७९
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ ।
यसक्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३ लाख सेयर किनबेच हुँदा उक्त मूल्यको कारोबार भएको हो । बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बजारमा सामान्य अंकको गिरावट आउँदा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । कम्पनीको मूल्यमा प्रतिकित्ता १०९ रुपैयाँको वृद्धिसँगै सेयर मूल्य प्रतिकित्ता १२ सय ५ रुपैयाँ पुगेको छ । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ ।
यस्तै, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७.७० प्रतिशतले घटेर प्रतिकित्ता १५ सय ३० रुपैयाँमा आइपुगेको छ । यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँमा आइपुगेको छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

