नेप्सेमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब माथि
काठमाडाैं | पुस ७, २०७९

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ ।
यसक्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३ लाख सेयर किनबेच हुँदा उक्त मूल्यको कारोबार भएको हो । बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बजारमा सामान्य अंकको गिरावट आउँदा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । कम्पनीको मूल्यमा प्रतिकित्ता १०९ रुपैयाँको वृद्धिसँगै सेयर मूल्य प्रतिकित्ता १२ सय ५ रुपैयाँ पुगेको छ । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ ।
यस्तै, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७.७० प्रतिशतले घटेर प्रतिकित्ता १५ सय ३० रुपैयाँमा आइपुगेको छ । यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँमा आइपुगेको छ ।
काठमाडौं: सम्झौताअन्तर्गत इजरायलले अझै जीवित रहेको विश्वास गर्ने गाजामा बन्दी बनाइएका २२ जना जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएको २० जनाको सूचीमा नेपाली नागरिक विपीन जोशीको नाम समावेश छैन । ...
पोखरा: दक्षिण कोरियाको छाङवोन शहरमा अक्टोबर २४, २५ र २६ गते २०औं बहुसांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। ख्यानाम इजुमिन सेन्टर छाङवनद्वारा आयोजित यस कार्यक्रममा १६ देशका प्रतिन...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को ...