नेप्सेमा दोहोरो अंकको वृद्वि, कारोबार रकम ९३ करोड माथि
काठमाडाैं | पुस ५, २०७९
काठमाडौं: सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

