सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा १०० र चाँदी तोलामा ५ रुपैयाँले घट्यो
काठमाडाैं | पुस ५, २०७९
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

