एमबाप्पे भन्छन्: ‘हामी फर्कनेछौं’

काठमाडाैं | पुस ५, २०७९

एमबाप्पे भन्छन्:  ‘हामी फर्कनेछौं’

काठमाडौं:  फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् ।


आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए ।


एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए । उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ ।


फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ ।


सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्