मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो

सर्लाही | पुस ५, २०७९

मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो

सर्लाही:  सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । 


जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए  । 


इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए । 


आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्