३० हजार पुरस्कारमा साइकल सरर...
पाेखरा | पुस ४, २०७९
पोखराः दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र साइकल सिटी पोखराको संयोजनमा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
टुर दि पोखराको संयोजक राजन गोङ्गजुका अनुसार दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सात्वना हुने प्रतियोगिले ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ४० वर्ष माथिको राष्ट्रिय साइकल दौड प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने टुर दि पोखराको संयोजक राजन गोङ्गजुले बताए । मंगलबार फुशखोला छोरेपाटन पोखरामा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा ८० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा ६० ले नामदर्ता गरेका छन् ।
टुर दि पोखराको तयारी पुरा
साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखराको तयारी पुरा भएको छ ।
दुई वर्ष कोरोना भाइरसको कारणको रोकिएको छैटौं टुर दि पोखरा यो वर्ष ‘थोपा थोपा इन्धन बचाऊ’ मुख्य नारा सहित कार्यक्रम आयोजना गरेको हो ।
बाह्य शहरबाट आन्तरिक तथा बाह्य साइकल पर्यटकहरु आमन्त्रण गरी बागलुङको शालिग्राम, संग्रहालय, बागलुङ बजार र कुश्मा बजारमा पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक स्थानीय तहसँग सहकार्य गरेको साइकल सिटी पोखराले जनाएको छ ।
साइकल सिटी पोखराले पौष ७ गते छैटौं टुर दि पोखराको आयोजनामा बागलुङको कालिका मन्दिरदेखि विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर सडकमा १ सय २० जनाले साइकल ¥याली गर्नेछन् ।
यस्तै पुष ९ गते पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिमि, सभागृहचोक, बिपिचोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवि, भद्रकालीस्कुल, मियाँपाटन, ३२ केभी, अमरसिँह,कालिकाचोक, बुद्धचोक, पृथ्वीचोक र पुनः प्रर्दशनीकेन्द्रमा आएर साइकल ¥याली सम्पन्न हुनेछ । स्लो साइकल प्रतियोगितासँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सककार्यमा रक्तदानसँगै सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

