शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार बढी
काठमाडाैं | पुस २, २०७९
काठमाडौंः संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको ईतिहासमै पहिलो पटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भई ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ ।
‘मिनुस्का मिशन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुई शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार १६ पुगेको छ । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गरे पश्चात संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिशन लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले छ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।
शान्ति मिशनको यस यात्रामा सन् १९७४ मा युएनइइएफ मिशन सिनाइ (ईजिप्ट) मा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रुपमा पुरानो गोरख गण सहभागी भएको थियो । हालसम्म नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घीय ४४ वटा शान्ति मिशनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ सकलदर्जा शान्ति मिशनमा सहभागी भएकामा एक हजार नौ सय ८२ महिला सैनिक समावेश रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशानालयले जनाएको छ । विश्व शान्ति स्थापनाको यस महायज्ञमा हालसम्म ७१ नेपाली सेनाका शान्ति सैनिकले आफ्नो प्राणको आहुती दिएका छन् भने ६८ जना सकलदर्जा घाइते भएका छन् ।
हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा रहेको छ भने विभिन्न १२ शान्ति मिशनमा नेपाली सेनाका छ हजार १६ जना सकलदर्जा ९चार सय २९ महिलासहित० सहभागी भइरहेका छन् ।
यसैगरी संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशन मध्य युएनडिओएफ मिशन सिरियामा फोर्स कमाण्डर, युएनआइएफआइएल मिशन लेवनानमा डेपुटी फोर्स कमाण्डर तथा एमआइएनयुएसएमए मिशन माली र युएनएमआइएसएस मिशन दक्षिण सुडानमा सेक्टर कमाण्डरको रुपमा नेपाली सेनाका रथीवृन्द कार्यरत हुनुहुन्छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

