गण्डकी मेडिकल कलेजमा क्याथ ल्याब स्थापना
पाेखरा | मंसिर २९, २०७९
पोखरा: पोखराको गण्डकी मेडिकल कलेजमा क्याथ ल्याब स्थापना भएको छ । कलेजले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो ।
क्याथ ल्याव स्थापनासँगै गण्डकी मेडिकल कलेजमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गर्नुभयो ।
पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना गरेर हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याएको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अब मुटु रोगसहित कुनैपनि उपचारका लागि काठमाडौं वा विदेश जान नपर्नेगरी जिएमसीले उपचार थालेको हो ।
क्याथ ल्याबबाट पोखरा र आसपासका विरामीले बेलैमा उपचार लिन सक्ने अस्पतालका ह्दय रोग उपचार केन्द्रका प्रमुख डा.मधु रोकाले बताउनुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई मेडिकल शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
कलेजका प्राचार्य डा.रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिनुभयो । हाल अस्पतालबाट दैनिक ७ सय देखी ८ सय विरामीले सेवा लिदै आएको बताइन्छ ।
कलेजमा एमविविएस, विडिएस, विएसि नसिङ, विपिएस, एमएलटि, बि फार्मेसी लगाएतका शैक्षिक कार्यक्रममा पढाइ हुँदै आएको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

