मानव सेवामा समर्पित नेपथ्यको कन्सर्ट, पोखरामा पुष १२ गते

पाेखरा | मंसिर २९, २०७९

मानव सेवामा समर्पित नेपथ्यको कन्सर्ट, पोखरामा पुष १२ गते

पोखरा:  ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश दौडाहामा रहेको नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ । आयोजकका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजे कन्सर्ट सुरु हुनेछ । 


मानव सेवा आश्रमले भवन निर्माण तथा कोष स्थापनार्थ नेपथ्यको टोली साँगीतिक यात्रामा रहेको पोखराको प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए ।  


उनका अनुसार अहिलेसम्म नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले विराटनगर, वीरगञ्ज, हेटौँडा र नारायणघाटमा प्रस्तुती राखिसकेका छन् भने आज (बिहिबार) नेपालगञ्जमा हुदैछ । 


सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपालगञ्जपछि पुष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र १६ गते काठमाडौंमा कन्सर्ट गरेर साँगीतिक यात्रा समापन गर्ने शर्माले बताए । 


उनका अनुसार टिकटदर १ हजार कायम गरिएको छ भने इसेवा, खल्ती, फोन पे मार्फत टिकट बुकिङ गर्न सकिने छ ।


आश्रमको भवन निर्माणार्थ कन्सर्ट


पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गामा  निर्माणाधिन भवन सम्पन्न गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको पोखराका प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार देश दौडाहामा रहेको सांगीतिक समुह नेपथ्यको कन्सर्टबाट संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ । 


उक्त भवन निर्माणलाइ पूर्णता दिनका लागि मानवताका लागि संगीत भन्ने नारासहित देश दौडाहामा रहेको उल्लेख गरे । ‘अहिले बनिरेको भवनलाई पूर्णता दिनका लागि नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको हो, उनले भने,  ‘अन्य शहरमा जस्तै पोखरामा आयोजना हुने कार्यक्रमबाट दर्शकको राम्रो साथ समर्थन प्राप्त हुनेछ ।’


यसैगरि मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखराको कन्सर्टमा करिब ८ हजार दर्शकको अपेक्षा रहेको सुनाए । ‘पोखरा नेपथ्यको होमटाउन पनि हो, त्यसैले सबैभन्दा बढी करिब ८ हजार जति दर्शकको अपेक्षा गरेका छौ, उनले भने, ‘त्यसबाट सबै खर्च कटाएर २५ लाख जति बचत गरेर भवन निर्माणमा खर्च गर्ने योजना बनाएको छौ ।’


निर्माणाधिन भवनमा हालसम्म ५ करोडको काम सम्पन्न भइसकेको छ । तिमिल्सिनका अनुसार ४८ कोठासहितको तीन तले भवन निर्माण हुनेछ । सो भवनको एक कोठा निर्माण सम्पन्न गर्न ५ लाख १ हजार १ सय ११ रुपैयाँ लाग्ने उनले बताए । ‘एउटका कोठा बन्न करिब ५ लाख लाग्छ अहिलेसम्म केही संस्था र दाताहरुले कोठा निर्माण गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।’ उनले भने ।


उक्त भवन निर्माण भइसकेपछि करिब २ सय जनालाई सेवा प्रदान गर्न सकिने उनले बताए । 


तिमिल्सिनाका अनुसार हाल देशैभर गरेर झण्डै एक हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् ।  हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले हालसम्म १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।


गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ र कास्कीमा गरि ४ जिल्लामा मानव सेवा आश्रमले सेवा दिइरहेको छ । पोखरामा भएको मानवसेवा आश्रममा १०२ पुरुष र ६३ जना महिला गरी १६५ जना आश्रित छन् ।

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्

पोखरा ।   भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् ।   ...

थप पढ्नुहोस्