लान्द्रुकमा हनी हन्टिङ सुरु

पाेखरा | मंसिर २७, २०७९

लान्द्रुकमा हनी हन्टिङ सुरु

पोखराः    कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकमा हनी हन्टिङ फेस्टिबल २०७९ सुरु भएको छ । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुरु भएसँगै हनी हन्टिङ फेस्टिबल सुरु भएको हो। 


फेस्टिबलको मंगलबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँपालिकाले पर्यटकीय गन्तव्य विकासमा कुनै आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाए । लान्द्रुक पर्यटकीय गाउँ हो । 'कमजोरीलाई सच्याएर सुन्दर बनाउनु छ, उनले भने, गाउँलेले मेहनत गरे गाउँपालिकाले साथ दिन्छ । हनी हन्टिङ पर्यटन विकासको एउटा माध्यम हो । आर्थिक समस्या हुन्छ भन्ने चिन्ता नगर्नुहोला' ।हनी हन्टिङलाई आवश्यक स्रोतसाधनका योजना ल्याउन अध्यक्ष केसीले आग्रह गरे । 

 


गाउँपालिकाको बजेटबाट लान्द्रुक पुग्ने बाटो दुईतर्फी बनाएर स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । संघ र प्रदेशबाट पनि यो सडकलाई बजेट विनियोजन गर्न पहल गर्ने अध्यक्ष केसीको भनाइ थियो । 


गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले लान्द्रुकको महलाई विदेशसम्म निर्यात गर्न सक्नुपर्ने बताइन् । 


कोटेसाङ भीरमा करिव ३० वटा मौरीका घार छन् । दुई दिन लगाएर ती सबै गोलामा परेको मह निकालिने फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले जानकारी दिए । सबै गोलामा मह नहुन पनि सक्छ । मह राम्रै निस्किने भयो भने ३/४ दिन लाग्न सक्छ, उनले भने । 


जेठ र मंसिर गरेर वर्षमा दुईपटक मह काढिन्छ । दोस्रो सिजनको मह  निकाल्ने दुई दिनलाई लान्द्रुकमा फेस्टिबल नै आयोजना गरिएको हो ।
 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्