पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा रच्यो इतिहास
पाेखरा | मंसिर २४, २०७९
पोखराः पोर्चुगललाई पराजित गर्दै अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ।
शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १(० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो।
विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो।
यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए।
शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १(० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए।
खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमा राखिएको थियो। उनी खेलको ५१ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। तर पनि उनको प्रभाव दोस्रो हाफमा पोर्चुगलको टिममा देख्न सकिएन। मैदान छिरेको १८ मिनेटसम्म उनले सात पटक मात्र बल छोएका थिए।
मोरक्कोविरुद्ध खेलेसँगै रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरे। कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका हुन्।
खेलको अन्त्यतिर मोरक्को १० खेलाडीमा सीमित बनेको थियो। मोरक्कोका चेडिरा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
मोरक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्स वा इंग्ल्यान्डमध्ये एक टिमसँग भिड्नेछ। फ्रान्स र इंग्ल्यान्ड अन्तिम क्वार्टरफाइनलको खेलमा भिड्दैछन्।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

