निर्वाचन मानवअधिकार मैत्री भएन

मानवअधिकार रक्षक जोखिममा

पाेखरा | मंसिर २४, २०७९

निर्वाचन मानवअधिकार मैत्री भएन

पोखराः   गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मानवअधिकार मैत्री नभएको एक कार्यक्रमका वक्ताले बताएका छन्। 


७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्की तथा मानवअधिकार एलाइन्स गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्कीको संयुक्त आयोजनामा भएको मानव अधिकारको दृष्टिकोणमा आम निर्वाचन २०७९ बिषक कार्यक्रम वक्ताले उक्त कुरा बताएका हुन्।


सयपत्री समाज कास्की कार्यकारी निदेर्शक गिरिधारी सुवेदीले देशका बिभिन्न ठाउँमा भएका घटनाले त्यो पुष्टी गरे । उनले स्याङजा,वाजुरा र दोलखा जिल्लाहरुमा मतदानको क्रममा भएका बुथ कव्जाले निर्वाचन  मानव अधिकार मैत्री नभएको दावी गरे । 


प्रदेश निर्वाचन गण्डकीका हुमनाथ पराजुलीले विगत भन्दा अहिलेको निर्वाचन मानव अधिकारमैत्री भएको बताए । 


इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले निर्वाचन पुर्व, निर्वाचनको बेलामा अनुगमन गरेको बताए । 


यस्तै उनले निर्वाचनमा राजनितिक दलहरुले चार सय ३ ओटा ठाउँमा आचारसंहिता उल्लघन गरेको जनाए । खकुरेलले भए रहित वातावरणमा मतदान गर्न पाउने अधिकार बाट केहि बञ्चित हुन पुगेको बताए ।


नेकपा एमाले जिल्ला कमिटि कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले निर्वाचनामा राज्य सत्ताको चरम दुरुपयोग भएको बताए ।  कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्दीय उपमहासचिव तिलोत्तम पौडेल,केन्द्रीय सचिव रामचन्द्र पौडेल,जन– आन्दोलन घाइते समन्वयन समितिक कास्कीका अध्यक्ष शेखर गौतम, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदश्य दिलु पौडेल लगाएले बोलेका थिए ।

 

मानवअधिकार रक्षक जोखिममा

 

मानवअधिकार रक्षकनै जोखिमा रहेको एक  तथ्य बाहिर आएको छ । मानवअधिकार रक्षक र उनीहरुको अधिकार सम्बन्धी एक कार्यक्रम बाट उक्त तथ्य बाहिर आएको हो । 


इन्सेक ,जागृती बाल तथा युवा सरोकार नेपाल ,मानव अधिकार आयोग,गैसस महासघ,महिला मानव अधिकार रक्षक सजाल,एडभोकेसि फोरम,कोपिला नेपाल लगायत को आयोजनामा पोखरामा शुक्रवार आयोजना भएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले मानव अधिकार रक्षक सम्बन्धी दस्तावेजहरु माथि प्रस्ट पारे । उनले मानवअधिकार रक्षकको अवस्थाको वारेमा बताए । खनालले सञ्चारकर्मीहरु लाई बढि जोखिम रहेको बताए। 


इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले स्थलगत रुपमा बिभिन्न ठाउँहरुमा पुगेर तथ्याङ संकलन गरेको बताए । उनले मानवअधिकार रक्षक केहि अवस्थामा जोखिममा रहेको जनाए । यस्तै उनले २८ जना मानवअधिकार रक्षक पिडित रहेको बताए । खकुरेलले मानव अधिकार सम्वन्धी एन आवश्यक रहेकोमा जोड दिए । 


एड्भोकेसी फोरमकी संयोजक कुञ्जनी परियार प्यासीले मनाव अधिकार रक्षकको अवस्थाको बारेमा प्रष्ट पारेकी थिइन् ।  कार्यक्रममा मानवअधिकार एलाइन्सका रामचन्द्र पौडेल, गैसस महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, जगृति वाल तथा युवा सरोकार केन्द्र नेपालका अध्यक्ष त्रिलोत्तम पौडेल लगाएतले मानवअधिकार रक्षक र उनिहरुको अधिकारको बारेमा बोलेका थिए ।कार्यक्रम अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर गरिएको थियो ।

काठमाडौँ:    कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । ...

थप पढ्नुहोस्

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनता...

थप पढ्नुहोस्

नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलम...

थप पढ्नुहोस्