मणिपालको तेस्रो तलाबाट खस्दा धनसरीको ज्यान गयो, छोरी काठमाण्डौं रेफर

पाेखरा | मंसिर २३, २०७९

मणिपालको तेस्रो तलाबाट खस्दा धनसरीको ज्यान गयो, छोरी काठमाण्डौं रेफर

पोखराः मुटुमा देखिएको समस्या निदान गर्न मणिपाल अस्पतालमा उपचाररत छोरी भेट्न पुगेकी धनसरी घर्तीको ज्यान गएको छ । 

 

सराङकोट निवासी अन्दाजी ६५ वर्षीया घर्तीको अस्पतालकै तेस्रो तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । छोरीको थप उपचार गर्न काठमाण्डौं रेफर गरेपछि आफन्तजनले तयारी गरिरहेकाबेला उनी मृत भेटिएकी हुन् । 

 

३ दिनदेखि उपचाररत छोरीको अवस्थमा सुधार नभएपछि अस्पतालले काठमाण्डौं लैजान भनेपछि आफन्तजनले सवारीसाधन व्यवस्था गरी जाने तयारी गर्दा घटना घटेको हो । 

 

सोही बेला आमा धनसरीलाई नदेखेपछि खोजी गर्ने क्रममा ३ तलामुनि उनी मृत भेटिएकी हुन् । अस्पताल कर्मचारीका अनुसार धनसरी खस्ने बित्तिकै कसैले पनि थाहा भएन । 

 

उनको ‘स्पट डेथ’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, अनुसन्धान सुरु गरेको जिप्रका कास्कीले जनाएको छ । 

 

घर्तीको मृत्युपछि अस्पताल प्रशासनको आकस्मिक बैठक बसेको छ । तर कुनैपनि निर्णय सार्वजनिक गरिएको छैन । 

 

अस्पतालमा कार्यरत एक कर्मचारीले भने यस घटनालाई ‘आकस्मिक दुर्घटना’ भनेका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्