‘कृष्ण लीला’ फ्लप भएपछि पुष्पले बाँकी ३३ प्रतिशत पारिश्रमिक नलिने
काठमाडाैं | मंसिर २३, २०७९
काठमाडौं: भारतीय फिल्म उद्योगमा फिल्म चलेन भने त्यसका अभिनेता अभिनेत्रीले केही हदसम्म पारिश्रमिक फिर्ता गरेका थुप्रै उदाहरण छन् । नेपाली फिल्म उद्योगमा पनि त्यसको सुरुवात भएको छ ।
नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता पुष्प खड्काले गरेका हुन् । अभिनेता खड्काले फिल्म ‘कृष्ण लीला’ फ्लप भएको कारण निर्माणलाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गरेको बताएका छन् ।
बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पलाई पत्रकारले प्रश्न सोधका थिए ‘‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के तपाईले घोषणा गरे अनुसार पारिश्रमिक फिर्ता गर्नुभयो ? । कार्यक्रममा उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यौ नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न । नलिएपछि फिर्ता गरेजस्तै भनेर ?’ फिल्म प्रदर्शन समयमा आफूले गरेको त्यो बाँचा नबिर्सिएको समेत खड्काले सुनाए ।
‘कृष्ण लीला’ मा खड्काको अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स रहेको थियो । नेपाली अभिनेताहरूमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । पुष्पले भने फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

