१८ तस्वीरमा हेरौं, स्वतन्त्र पोखरेलीको धन्यवाद!
कास्की | जेठ १४, २०७९
पोखरा: स्वतन्त्र उम्मेदवारहरुको जितसँगै पोखरामा पनि धन्यवाद र्याली आयोजना गरिएको छ ।
काठमाण्डौँ महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमाललाई निर्वाचित गराएको भन्दै आम मतदातालाई स्वतन्त्र पोखरेली नागरिकहरुले र्याली आयोजना गर्दै धन्यवाद व्यक्त गरेका हुन् ।
उनीहरुले ‘दलतन्त्रको दलदलबाट बाहिर निस्कौँ दासताको जन्जिरबाट मुक्ति खोजौँ’ भन्ने नाराका साथ पोखराको मानव अधिकारचोकबाट र्याली सुरु गरि महेन्द्रपुल नयांबजार, पृथ्वीचोक, न्यूरोड परिक्रमा गरेका थिए ।
सोही क्रममा स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका मेयरहरुको पक्षमा नाराबाजी समेत गरेका थिए ।
तस्वीर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज


















पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

