दुई दृष्टिविहीनलाई आर्थिक सहयोग

बाग्लुङ | जेठ १४, २०७९

दुई दृष्टिविहीनलाई आर्थिक सहयोग

बागलुङ:    एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् ।

 

युवा अवस्थामा आँखा गुमाएका ४२ वर्षीय खीमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई हाल आएल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’ को पहलमा सङ्कलन भएको रु ९० हजार ८२१ सहयोग हस्तान्तरण गरिएको छ । 

 

बागलुङ समाज आल्यारण्डमा आबद्ध व्यक्ति र रोजगारीका लागि सोही स्थानमा रहेको जिल्लावासीबाट  रकम सङ्कलन गरिएको थियो ।

 

 आर्थिक अवस्था कमजोर रहेका ती दृष्टिविहिनलाई सानी आमा र बुवाले हेरचाह गर्दै आएका छन् । चौध जनाको परिवार भएको र अर्थोपार्जन न्यून  भएकाले  उनीहरुलाई रेखदेख गर्न समस्या हुँदै आएको छ ।

 

बिहानदेखि बुलेकासम्म उनीहरुको रेखदेख, स्यारसुसार गर्नमै समय लाग्ने भएको र एक जनाको कमाइबाट मात्र ठूलो परिवारको पालनपोषण गर्नुपर्ने बाध्यता भएको सानी आमा डिलकुमारी थापाले बताउनुभयो ।

 

बाइस वर्षको उमेरदेखि  दुवैले आँखाको ज्योति गुमाएका थिए । रकम हस्तान्तरण गर्दै नेत्र ज्योति सङ्घका जिल्लाअध्यक्ष भरत पुरीले युवा अवस्थामा दृष्टिविहीन भए पनि परिवारसगै विदेशमा रहेका नेपालीको सहयोगबाट जीवनयापनमा केही सहज भएको बताउनुभयो ।

काठमाडौं:  नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज मंगलबार सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदै छ। प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, ज...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको एनपीएलको खेल तालिका अनुसार पहि...

थप पढ्नुहोस्

काठमाडौं:  घर फर्क राष्ट्रिय अभियानअन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका छन् । राष्...

थप पढ्नुहोस्