राष्ट्रिय माविका १६ विद्यार्थीलाई वडा १ को छात्रवृत्ति

पाेखरा | मंसिर २१, २०७९

राष्ट्रिय माविका १६ विद्यार्थीलाई वडा १ को छात्रवृत्ति

पोखरा:   पोखरा महानगरपालिका वडा १ को कार्यालयले राष्ट्रिय माविमा अध्ययनरत १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

 

विद्यालयको ७४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडाको ‘सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम’ अन्तरगत गरिब तथा जेहेन्दार १६ विद्यार्थीलाई जनही ५ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो ।

 

छात्रवृत्ति प्रदान गर्दै वडाध्यक्ष शाहारा प्रधानले विभिन्न विकास तथा सामाजिक कामसँगै शिक्षाको क्षेत्रमा पनि रचनात्मक कार्य गर्ने उद्देश्यसहित छात्रवृत्ति प्रदान गरेको बताए । उनले स्वाबलम्बी बन्नका लागि विद्यार्थीहरु अध्ययनशिल हुनुपर्नेमा जोड दिदै सो छात्रवृत्तिले विद्यार्थीहरुलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।

 

उनका अनुसार वडाको सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम अन्तरगत विद्यालयको सिफारिसमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।  अध्यक्ष प्रधानले आगामी दिनमासमेत शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने र सदैव वडाबासीको साथमा रहने प्रतिवद्धता जनाए । 
 

यसैगरि वडा सदस्य शोभा गुरुङले विद्यार्थीहरु भविष्यका कर्णदार भएको बताउदै प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको बताइन् । वडाको यो कार्यले विद्यार्थीहरुलाई केही प्रोत्सहान मिल्नेमा हामी विश्वस्त छौ, उनले भन्नि, आगामी दिनमासमेत हामीले विद्यार्थीमैत्री कार्यक्रमहरु लिएर आउनेछौ । ’

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेहरुमा कक्षा ५ कि नम्रता गौतम, कक्षा ६ का प्रकाश नेपाली, कक्षा ७ की दिलिशा कौशल, कक्षा ८ की स्वस्तिका नेपाली, सोही कक्षामै अध्ययनरत निश्चल देवकोटा, कक्षा ९ का नितिन गुरुङ, सोही कक्षाकै पुनम परियार, कक्षा १० का कृष्ण सेन्चुरी, सोही कक्षाकै सुरक्षा सुवेदी रहेकी छिन् ।  

 

यसैगरि कक्षा ११ की दिया गुरुङ, कक्षा १२ कि अस्मिता कुमारी, सदिक्षा सुवेदी, मञ्जु पौडेल, मालती क्षेत्री, सलोन मगर र रितु गुरुङ रहेकी छिन् ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीको सभापतित्वमा सम्पन्न छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु जुमकाजी गुरुङ, जुकमाया परियार र रामजी प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।  
 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्