राष्ट्रिय माविका १६ विद्यार्थीलाई वडा १ को छात्रवृत्ति

पाेखरा | मंसिर २१, २०७९

राष्ट्रिय माविका १६ विद्यार्थीलाई वडा १ को छात्रवृत्ति

पोखरा:   पोखरा महानगरपालिका वडा १ को कार्यालयले राष्ट्रिय माविमा अध्ययनरत १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

 

विद्यालयको ७४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडाको ‘सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम’ अन्तरगत गरिब तथा जेहेन्दार १६ विद्यार्थीलाई जनही ५ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो ।

 

छात्रवृत्ति प्रदान गर्दै वडाध्यक्ष शाहारा प्रधानले विभिन्न विकास तथा सामाजिक कामसँगै शिक्षाको क्षेत्रमा पनि रचनात्मक कार्य गर्ने उद्देश्यसहित छात्रवृत्ति प्रदान गरेको बताए । उनले स्वाबलम्बी बन्नका लागि विद्यार्थीहरु अध्ययनशिल हुनुपर्नेमा जोड दिदै सो छात्रवृत्तिले विद्यार्थीहरुलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।

 

उनका अनुसार वडाको सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम अन्तरगत विद्यालयको सिफारिसमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।  अध्यक्ष प्रधानले आगामी दिनमासमेत शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने र सदैव वडाबासीको साथमा रहने प्रतिवद्धता जनाए । 
 

यसैगरि वडा सदस्य शोभा गुरुङले विद्यार्थीहरु भविष्यका कर्णदार भएको बताउदै प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको बताइन् । वडाको यो कार्यले विद्यार्थीहरुलाई केही प्रोत्सहान मिल्नेमा हामी विश्वस्त छौ, उनले भन्नि, आगामी दिनमासमेत हामीले विद्यार्थीमैत्री कार्यक्रमहरु लिएर आउनेछौ । ’

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेहरुमा कक्षा ५ कि नम्रता गौतम, कक्षा ६ का प्रकाश नेपाली, कक्षा ७ की दिलिशा कौशल, कक्षा ८ की स्वस्तिका नेपाली, सोही कक्षामै अध्ययनरत निश्चल देवकोटा, कक्षा ९ का नितिन गुरुङ, सोही कक्षाकै पुनम परियार, कक्षा १० का कृष्ण सेन्चुरी, सोही कक्षाकै सुरक्षा सुवेदी रहेकी छिन् ।  

 

यसैगरि कक्षा ११ की दिया गुरुङ, कक्षा १२ कि अस्मिता कुमारी, सदिक्षा सुवेदी, मञ्जु पौडेल, मालती क्षेत्री, सलोन मगर र रितु गुरुङ रहेकी छिन् ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीको सभापतित्वमा सम्पन्न छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु जुमकाजी गुरुङ, जुकमाया परियार र रामजी प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।  
 

काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

थप पढ्नुहोस्