राष्ट्रिय व्यापार मेलामा रोजगारी दिने र लिनेको जमघट

पाेखरा | मंसिर २०, २०७९

राष्ट्रिय व्यापार मेलामा रोजगारी दिने र लिनेको जमघट

पोखराः   पोखराको नयाँबजार प्रदर्शनी केन्द्रमा जारी समृद्ध स्टिल्स राष्ट्रिय व्यापार मेलामा विभिन्न व्यवासायीहरुको स्टलहरु छन् । विशेषगरि व्यवासायिक प्रयोजनका लागि स्टल सञ्चालन गरिएपनि केही स्टलहरु फरक किसिमका छन् ।


डोमभित्र रहेको आयोजक संस्थाकै एउटा यस्तो स्टल छ, जहाँ रोजगारी दिने र लिनेको जमघट हुन्छ । त्यतिमात्रै होइन, त्यहाँ तालिमको लागि इच्छुकहरुका लागिसमेत आवेदनको व्यवस्था छ । उक्त स्टलमा  दुईदिनको समयावधिमा १८ जनाले रोजगारीका लागि आवेदन बुझाएका छन् ।


पोखरा उद्योग वाणिज्य संघको  स्टलमा दुई दिनमा १८ जनाले विभिन्न जागिरका लागि आवेदन दिएको संघका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिइन् ।  


उनका अनुसार दुई दिनको अवधिमा ५ जना रोजगारदाताले जागिर दिलाउने भन्दै नाम उपबल्ध गराएका छन् भने ४ जनाले तालिमका लागि माग गरेका छन् ।


‘मेला १६ गतेदेखि नै जारी हो, यो स्टल हिजो देखि राखिएको हो, अधिकारीले भनिन्, ‘जागिर चाँहियो, तालिम चाँहियो र जागिर दिन्छु भनेर स्टलमा आएर नै नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुभएको छ, मेला पछि हामीले उहाँहरुसँग समन्वय गरेर अगाडी बढ्छौं ।’


यो समाचार तयार पार्दासम्म जागिर रोजगारीका लागि १८, स्वरोजगारको लागि तालिम ४ जना र आफ्नो कम्पन्नी वा व्यवसायमा रोजगारीको अवसर दिनका लागि ५ जनाले आवेदन दिएको अधिकारीले बताइन् ।


उनका अनुसार रोजगारको आवेदन दिनेमा अधिकांश पार्ट टाइम जबदेखि इन्जिनियरिङ, बैंङ्क तथा वित्तिय संस्था, शिक्षक, विक्रेता (सेल्स मेन) रहेका छन् । यस्तै तालिमका लागि आवेदन दिनेमा पार्लर, वारिस्टा, कम्युटर शिक्षा र मन्टेश्वरी तालिमको माग गरिएको बताइएको छ । जागिर दिने भनेर आवेदन दिनेमा होटल, अकान्टेन्ट, सेल्समेन, मार्केटिङ लगायतका क्षेत्रहरु उल्लेख गरिएका छन् । महोत्सव आगामी २५ गतेसम्म जारी रहनेछ ।

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्