घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं: महासचिव आचार्य
पाेखरा | मंसिर २०, २०७९
पोखरा: पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा गत १६ गतेदेखि समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार महोत्सव जारी छ । उक्त महोत्सवमा विभिन्न क्षेत्रका व्यवसायीक स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान तथा सांगीतिक माहौल छ ।
महोत्सवकै क्रममा बाल उद्यानको रोटेपिङ खेल्ने क्रममा (आइतबार) गत आइतरबार रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुदाँ तीन जना खसेर घाइते भए । अहिले उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरुको उपचारमा कमी नगराउने पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले बताए । उनका अनुसार घाइतेमध्ये बालिका सामान्य उपचारपछि घर फर्किसकेकी छिन् भने ति बालिकाको आमा जनरल वार्डमा उपचाररत छिन् ।
यसैगरि गम्भीर अवस्थामा रहेकी २२ वर्षीया अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ ।
महासचिव आचार्यले घाइतेहरुको उपचारमा केही बाँकी नराख्ने बताउदै निरन्तर भेटघाट गर्न पुगेको बताए ।
‘पोखरामा हाम्रो महोत्सव यतिबेला जारी छ, मेलामा व्यवसायीदेखि सामान खरिद गर्न र मनोरञ्जन गर्न स्थानीय आइराखेका छन्, उनले भने, ‘मेलामा राखिएको बालउद्यान रोटेपिङबाट खस्दा गम्भिर घाइते हुन पुगेकी बहिनीको उपचारमा महासंघले कुनै कसर बाँकी राख्दैन । डाक्टर र परिवारसँग निरन्तर सम्पर्कमा छौं यहाँ सम्भव नभए काठमाडौं लान पनि हामी तयार छौं । त्यसैले त्यो अप्रिय घटनाले हामीलाई दुख तुल्याएको छ । तथापी हामीले उपचारमा केही कमी नगर्ने हिसाबले अपटुडेट भइरहेका छौ ।’

उनले महोत्सवमा सगरमाथा इन्स्युरेनसले साथ दिएको बताउदै बीमारकममार्फत घाइतेको उपचार गरिरहेको सुनाए । ‘पहिले पहिलेको संस्करणमा बीमा थिएन । अहिले हामीले संभावित जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीसँग समन्वय गरेका छौ, उनले भने, घाइते हुनुभएका बहिनीहरुको उपचारको लागि अहिले संघले नै खर्च गरिरहेका छौ । महोत्सवपछि बीमा कम्पनीबाट भुक्तानी गर्नेछौ ।’
उक्त घटनापछि रोटेपिङ केही समयको लागि बन्द गरिएको जानकारी दिए । महासचिव आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीको सहमतिपछि अन्य बालउद्यान सञ्चालन भएको बताउदै रोटेफिङको बारेमा छलफल भइरहेको जानकारी दिए । ‘अहिले रोटेपिङ बाहेक अरु पिङहरु सञ्चालनमै छ । यो पिङबारे पनि प्रशासनसँग समहती गरेर केही दिनमै सञ्चालनमा ल्याउनेछौ ।’
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

