पोखराले सम्झियो नारायणगोपाल

पाेखरा | मंसिर २०, २०७९

पोखराले सम्झियो नारायणगोपाल

पोखराः   स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३२ औंं पूण्य तिथीको अवसरमा सोमबार पोखरामा नारायणगोपाल स्मृति साँझ–२०७९ भव्य रुपमा सम्पन्न भएको छ ।


रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजित स्मृति साँझमा गायक/गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गरे ।


उनीहरुले मलाई नसोध कहाँ दुख्छ घाउ, गल्ती हजार हुन्छन्, केहि मिठो बात गर, तिमिलाई म के भनुँ, मैले पुण्य मन पराएँ, तिम्रो जस्तो मुटु मेरोपनि, मेरो कथा खाली खाली, हिमाल सरी म अग्ली रहेछु, तिम्रो मनमा लुकेको कुरा, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, एउटा मान्छेको मायाले कति, पर्खि बसे आउँला भनि गरी एक दर्जन गीत प्रस्तुत गरे ।


उनिहरुलाई तबलामा राजा मुखिया, किबोर्डमा महिपाल लामा, बेस गीटारमा तेज के.सी. अक्टाप्याडमा विजय क्षेत्री र रिदम गीटारमा सुमन तामाङले साथ दिए । कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भौतिक रुपमा नरहनेपनि नारायणगोपाल सबैको मन मनमा बस्न सफल भएको बताए ।


रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले नारायणगोपाल र आफ्नो परिवारबिच राम्रो सम्बन्ध रहेको स्मरण गरिन् । उनिले सहयोगी सबै संस्थाप्रति धन्यबाद दिँदै कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराले के गर्छ भनेर सिंगो देशले नै नियाल्ने गरेको भन्दै नारायणगोपाललाई सम्झने उद्देश्यले कार्यक्रम गरिएको बताए ।


वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् ।


 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्