पोखराको मेलामा पिङ खेल्दैँ टिकटक बनाउँदा खसे तीनजना, लिम्बुको अवस्था गम्भीर
पाेखरा | मंसिर १९, २०७९
पोखरा: पोखरामा जारी २२ औं संस्करणको ‘समृद्धि स्टिल्स्’ राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको रोटेपिङबाट खस्दा अस्मिता लिम्बु गम्भीर घाइते भएकी छिन् ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित भई खस्दा २२ वर्षीय अस्मिता लिम्बु गम्भीर घाइते भएकी हुन् ।
आइतबार साँझ रोटेपिङबाट खस्दा २२ वर्षीय लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
‘रोटेपिङ खेल्ने क्रममा ३ जना खसेको जानकारी पाएका छौं, उनले भने, ‘रोटेपिङबाट खसेका ३ जनामध्ये अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी २ जना भने सामान्य घाइते भएका थिए ।’
कास्की प्रहरीका अनुसार गम्भीर घाइते भएकी लिम्बुको टाउकोमा चोट लागेको छ । टिकटक बनाउने क्रममा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुँदा तीनैजना खसेको बताइएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

