म्यादी प्रहरीलाई सिटिइभिटीद्वारा निशूल्क सीपमूलक तालिमको अवसर
पाेखरा | जेठ १३, २०७९
पोखराः प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय (सिटिइभिटी ) ले म्यादि प्रहरीलाई निशुल्क सीपमूलक तालिम दिने भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ मा म्यादी प्रहरी भई सुरक्षा प्रदान गरेका म्यादी प्रहरीको माग अनुसार पहिलो चरणमा विभिन्न क्षेत्रमा सीपमुलक तालिम दिईने भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय (सिटिइभिटी )ले जारी गरेको सुचना अनुसार पहिलो चरणमा किचन सहयोगी, वेटर, हाउस किपिङ, ईलेक्ट्रिसियन, प्लम्बर र हाउस पेन्टरको तालिम सञ्चालन गरिने छ ।
उक्त तालिम आगामी २० गतेदेखि सुरु गरिने बताइएको छ ।
सो तालिम २७ दिनसम्म चल्नेछ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

