अन्नपूर्णको कान्छो वडाध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

पर्यटन प्रवर्द्धन र नागरिकमैत्री सेवामा विशेष चाँसो

कास्की | जेठ १३, २०७९

अन्नपूर्णको कान्छो वडाध्यक्ष गुरुङद्वारा पदभार ग्रहण

कास्कीः   कास्कीको अन्न्पूर्ण गाउँपालिकाको कान्छो वडाध्यक्ष रमेश गुरुङले पदभार ग्रहण गरेका छन् ।

 

अन्नपूर्ण गाउँपालिका ९ को वडाध्यक्षको रुपमा २६ वर्षिय गुरुङले बिहिबार पदभार ग्रहण गरे । उनले सो अवसरमा बोल्दै  वडाबासीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए । 

 

उनले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्नको लागि अगाडी बढ्ने बताए । 

 

उनले अन्नपूर्ण गाउँपालिका पर्यटकीय केन्द्र रहेको बताउदै अझ पर्यटन प्रवर्द्धनको लागि विशेष पहल गर्ने बताए । उक्त क्षेत्रमा शाहसिक पदयात्राका लागि अन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुदै आएको छ । 
 

 

नवनिर्वाचित वडाध्यक्ष गुरुङले सबै नागरिकलाई समान रुपको व्यवहार र सेवा प्रवाह गर्ने बताउदै जनप्रतिनिधिको असली परिचय आफुले दिन सधै तत्पर रहने प्रतिवद्धता जनाए । 

 

वडाबाटै भत्ता 

नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गतका जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता तथा अपांग तथा फरक क्षमता भएका नागरिकलाई प्रदान गर्दै आएको भत्तालाई वडाबाटै वितरण गर्ने जानकारी दिए । ‘वैंकसँग समन्वय गरेर सामाजिक सुरक्षा अन्र्तगतका सबै भत्ताहरु वडाबाटै प्रदान गर्ने व्यवस्थाका लागि पहल गर्नेछु,  उनले भने, ‘गाउँघरमा भत्ताकै लागि दुख पाएको विगत छ । यसलाई अब सहजै पाउने वातावरण तय गर्नेछु ।’

 

गुरुङले अन्नपूर्ण गाउँपालिकाले स्थानीयहरुको स्वास्थ्य विमामा ५० प्रतिशत व्यहोर्ने निर्णयलाई वडामा पनि शत प्रतिशत लागु गर्ने बताए । 

 

उनले युवा, महिला तथा बालबालिका र अपांग तथा फरक क्षमता रहेका वडाबासीको क्षमता अभिवृद्धिको लागि कार्यक्रमहरु ल्याउने बताउदै भने, ‘हामीले क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु अघि ल्याउनेछौं । अहिले सञ्चालनमा रहेका होमस्टेलाई पनि प्रवर्द्धन गरि थप पर्यटक भित्राउनका लागि पहल गर्नेछौं ।’

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्