आन्दोलनपछि पद्य नर्सिङ कलेजमा पढाई सुचारु

पाेखरा | मंसिर १८, २०७९

आन्दोलनपछि पद्य नर्सिङ कलेजमा पढाई सुचारु तस्बिरः महेन्द्र उपाध्यायको फेसबुकबाट

पोखराः  पोखरा महानगरपालिका ८ जाल्फारोडस्थित पद्य नर्सिङ कलेजमा पढाई रोकिएको ३ महिनापछि पढाई सुचारु भएको छ । 


चौतर्फीदबाव र आन्दोलनपछि बसेको पद्म नर्सिङ अस्पताल, नदिपुर र नर्सिङ क्याम्पसको बैठकले कर्मचारीको तलब दिने सहमतिसँगै पठनपाठन सुचारु भएको हो । 


विभिन्न विषयमा सहमति भएपछि पढाई सुरु भएको अस्पतालका व्यवस्थापक नरेश पौडेलले जानकारी दिए । 


उनका अनुसार कलेजमा कार्यरत कर्मचारीहरुले २० महिनादेखि तलब नपाएको भन्दै विद्यार्थी कलेज गएपनि शिक्षक नआउँदा भदौं देखि कक्षा सञ्चालन हुन सकेको थिएन । पद्य नर्सिङ कलेजमा कार्यरत शिक्षक, कर्मचारीहरुले २० महिनादेखि रोकिएको तलब पाए मात्र पढाउन सुरु गर्ने अडानसहित प्रशासन, श्रम कार्यालय र सिटिभीटिमा निवेदन दिएका थिए । 


कलेजमा नियमित पढाई नभएपछि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुुले बुधबार कलेज प्रशासन अगाडी विद्यार्थीसहित पढाई सुरु गर्न दबाब दिएको थियो । 


पिसिएल तेस्रो वर्षको अन्तिम परीक्षाको फारम भरेका विद्यार्थीहरु भदौ देखि नियमित पढाई नहुँदा आफुहरु चिन्तित भएको एक विद्यार्थीले बताएका थिए । 
कलेजमा कार्यरत एक कर्मचारीका अनुसार समयमा नै तलब नपाउँदा घरभाडा तिर्न देखि बालबच्चाको विद्यालयमा शुल्क तिर्नसमेत समस्या भएको सुनाएका थिए ।

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्