अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड सञ्चालनमा
पाेखरा | मंसिर १४, २०७९

पोखराः कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा सडक सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालन गर्न मादी ६ को सडक निर्माण गरिरहेको एक्सभेटरको मद्धतमा सडक सञ्चालनमा ल्याएको हो ।
मंगलबार अपह्रान्ह करिब ४ बजे झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको थिए ।
पोखरा: कालिका माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रक...
पोखराः चेम्बर अफ कमर्स गण्डकीको टोलीले गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुसँग भेटघाट गरेको छ । चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारको नेतृत्वमा आर्थिक मामिलामन्त्री सीत...
काठमाडौं: सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्। आज (शुक्रबार) साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैस...