अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड सञ्चालनमा
पाेखरा | मंसिर १४, २०७९
तस्बिरः मादी १ का वडाध्यक्ष देविजंग गुरुङको फेसबुकबाट
पोखराः कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।
पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा सडक सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालन गर्न मादी ६ को सडक निर्माण गरिरहेको एक्सभेटरको मद्धतमा सडक सञ्चालनमा ल्याएको हो ।
मंगलबार अपह्रान्ह करिब ४ बजे झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको थिए ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

