शिर्ष वरियताकी सर्भानीको डबल्समा जित

पाेखरा | मंसिर १४, २०७९

शिर्ष वरियताकी सर्भानीको डबल्समा जित

पोखरा:    पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा शिर्ष वरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जित हाँसिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपालको तेश्रो वरियाता प्राप्त सर्भानी जोडीले भारतकै पद्मा मनिकोण्डा र संस्कृती भाडाकट्टु जोडीमाथि ६–०, ६–० को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरे ।


नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका सेली ठाक्कर र साक्षि ठाक्करको जोडीले श्रीलंकाकी भिस्मी ओन्थेरा सेरासिंगे र भारतकी श्रीथिका रेडिको जोडीलाई ६–३,६–४ को सोझो सेटमा जित निकाले । त्यस्तै, कोरियाकी डोङ हेयुन युम र केगान जोनाथनको जोडीले भारतका आर्यन अरोरा र मायंका सर्माको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । भारतकै श्रीनिधी बालाजी र लक्ष्मीश्री डन्डुको जोडीले भारतका देवांशी गोहिल र नेपालका रायना शाहको जोडीलाई पराजित गरे । भारतका ऐरा सिद्धार्थ चेत्नानी र दुर्गाशीको जोडीले कोरियाका युन्जी जोङ र नेपालका आध्या पौडेल जोडीलाई पराजित गरेका छन् ।


मंगलबार पुरुष डबल्सतर्फ भारतका सिद्धान्त सर्मा र रसियाका फेडोर सोसेड्किन जोडीले नेपालका राजविक्रम प्रथान र सक्षम विक्रम शाहको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सागर कुमार र स्वस्तिक सर्मा जोडीले जर्मनीका यस बाहाल्कर र ताइवानका चेन हुई हो जोडीमाथि ६–१, ६–२ को नजिता निकाले । त्यस्तै, नेपालका आर्यन गिरी र भारतका बंश नन्नदल जोडीले भारतका विभु चालागुण्डला र श्रीनिकेत कन्नन जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गरे ।


मंगलबार महिला एकलतर्फ भएको खेलमा भारतकी आकृती सेन्कुसारे नारायनले रसियाकी लैला अख्मेटोभालाई ७–५, ६–४ ले, ताइवानकी के हाउ हङले भारतकी तनुसा गिल्ड्याललाई ६–४, ६–३ ले, ताइवानकी चेन हुई हो ले भारतकी सर्भामन्यु सिंहलाई २–६, ६–२ र ६–४ ले, भारतकी जान्भी असावाले कोरियाकी युन्जी जेयोङलाई ६–०, ६–४ ले तथा भारतकी आर्जन खोराकिवालाले भारतकै हर्सिनी विश्वानन्दलाई ६–४, ६–२ ले पराजित गरिन् ।

 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्