कास्कीमा पाँच प्रतिशत मत बदर
पाेखरा | मंसिर १४, २०७९
पोखरा: कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार सात सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार तीन सय ८५ मत बदर भएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

