हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर

काठमाडाैं | चैत २४, २०७८

हुम्लाको नाम्खामा आयुर्वेद स्वास्थ्य शिविर फाइल तस्विर

हुम्लाः  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिनुुभयो ।

सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ । शिविरमा ग्यास्टिक, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचावलगायत बिरामीको उपचार गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो । सिमकोट र सर्केगाड गाउँपालिकाका सेवाग्राहीले पनि सेवा लिएका थिए ।

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्