सहारा क्लबलाई हिमश्री फुड्सको सहारा

आहा! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’

पाेखरा | मंसिर १३, २०७९

सहारा क्लबलाई हिमश्री फुड्सको सहारा

पोखरा:  सहारा क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा! रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि सम्झौता थप गरेको छ ।


पोखरामा मंगलबार आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि बढाइएको हो ।


उक्त सम्झौता अनुसार सहारा क्लब पोखरालाई हिमश्री फुड्स प्रालिले पहिलो ३ वर्षमा १८ लाख,  दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र ०८८ सालमा २७ लाख रुपैयाँका दरले रकम सहयोग गर्नेछ । भने पहिलो २ वर्षको किस्ता स्वरुप ३० लाख प्राप्त भइसकेको छ । 


सो अवसरमा बोल्दै प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षिद छौ । र यो साथ १० वर्षका लागि थप गरेका छौं ।’


यसैगरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले सहारा क्लबलाई सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘रंगशालामा प्रतियोगिता गर्न चाहाने सबै संस्थालाई स्वागत छ’ उनले भने, ‘नाफामूलक गर्छु भन्नेलाई सहयोग गर्न सकिदैन । तर समाजसेवाका लागि खेलकुद विकासको लागि काम गर्नेहरुका लागि रंगाशालाको गेट सधै खुल्ला छ । तर सरसफाई र संरक्षणमा ध्यान दिनुपर्छ ।’ 


आहा! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’ 

 

आहा! रारा गोल्डकप २२ औं संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । २०५८ बाट क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट अगाडी बढेको गोल्डकप २२ औं संस्करणमा आइपुग्दा मोफसलकै बहुप्रतिष्ठित प्रतियोगिता भएको ठहर गर्दै प्रतियोगिताको नाम परिवर्तन गरिएको हो ।


क्लबका अनुसार अब उक्त प्रतियोगिताको नाम ‘आहा ! रारा पोखरा गोल्डकप’ भएको  छ ।  क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरि पोखरालाई स्पोर्टस् (खेलकुद) हबको रुपमा परिचित गराउने उद्धेश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको स्पष्ट पारे  । 


उनले मुख्य प्रायोजकको रकम वृद्धि भएको बताउदै पुरस्कार राशीमापनि केही बृद्धि गरिने जानकारी दिएका थिए । यस पटकको २२ औं संस्करणको प्रतियोगिता आगामी पुष १२ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।


सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा हाल ३० जना आश्रित छन् ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्