नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडाैं | मंसिर ११, २०७९

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं:  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अङ्कले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ९८ मा पुगेको छ ।


त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले उकालो लागेर तीन सय ८६ दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।


नेप्सेका अनुसार कूल दुई सय ३३ कम्पनीका ४२ लाख २३ हजार आठ सय ६७ कित्ता शेयर रु दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ मूल्यमा कारोबार भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २७ अर्ब ९४ लाख ७२ हजार आठ सय ६९ मा पुगेको छ ।


कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४५ करोड चार लाख सात हजार एक सय १९ बराबरको कारोबार भयो । नबिल बैंक रु १२ करोड तीन लाख २१ हजार नौ सय ८८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ७९ लाख ६३ हजार आठ सय ३३, शिवम् सिमेन्ट रु आठ करोड १८ लाख एक हजार चार सय २५ र नेष्डो समृद्धि लघुवित्त रु छ करोड छ लाख पाँच हजार दुई सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।


नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त आठ दशमलब २१, जीवन विकास लघुवित्त सात दशमलव ४३, कुमारी बैंक छ दशमलव ७७, ग्रीनलाइफ हाइड्रोपावर छ दशमलव ५७ र नेष्डो समृद्धि लघुवित्तका लगानीकर्ताले छ दशमलव ५४ प्रतिशतले कमाएका छन् ।


त्यस्तै एनएमबी हाइब्रिड फण्ड पहिलो तीन दशमलव ११, प्रभु सेलेक्ट फण्ड दुई दशमलव २६, एनआइसी एशिया ब्यालेन्स फण्ड दुई दशमलव शून्य दुई, कुमारी बैंकको ऋणपत्र दुई र लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले पनि दुई प्रतिशतले गुमाएका छन् ।

काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले फेक रेस्क्यूमा संलग्न विभिन्न ...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको ...

थप पढ्नुहोस्