महावीर पुनलाई पोर्चुगलमा सम्मान

काठमाडाैं | जेठ १२, २०७९

महावीर पुनलाई पोर्चुगलमा सम्मान

काठमाडौं:  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ ।

 

युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो ।

 

सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिनुभएको थियो । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उहाँले जानकारी गराउनुभएको थियो ।

 

नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै डा पु्नले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताउनुभयो । राज्यले दक्ष मानव पूँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो ।

 

दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै डा पुनले नयाँ–नयां खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशीलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताउनुभयो । डा पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बुधबार बेलायततर्फ प्रस्थान गर्नुभएको छ ।

 

यसअघि डा पुन बेलायत, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स, लग्जेम्वर्ग, बेल्जियम, नर्वे, पोल्याण्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो ।

 

यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि सङ्घले आर्थिक सङ्कलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ पोर्चुगलका महासचिव दिपु मगरले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ सङ्घले हालसम्म ६ हजार युरो सङ्कलन गरिसकेको र करिब १० हजार युरो सङ्कलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले बताउनुभयो ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्