स्वतन्त्र उम्मेदवारीले नयाँ अनुभव र शिक्षा लिने अवसर पाएः स्वतन्त्र उम्मेदवार गुरुङ

पाेखरा | मंसिर ८, २०७९

स्वतन्त्र उम्मेदवारीले नयाँ अनुभव र शिक्षा लिने अवसर पाएः स्वतन्त्र उम्मेदवार गुरुङ तस्बिर फाइल

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट  प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी शिरिष गुरुङले नयाँ अनुभव लिने अवसर मिलेको धारणा व्यक्त गरेकी छिन् । 


कास्की २ बाट राजनीति पार्टीसँगै स्वतन्त्र उम्मेदवारी दिएकी गुरुङले बिहिबार फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचनमा होमिदा नयाँ अनुभव र शिक्षा लिने अवसर पाएको बताएकी छिन् ।


‘यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैगर्दा मैले नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरे, उनले लेखेकी छिन्, ‘यस क्षेत्रबाट प्रतिनिधि सभातर्फ महिला नेतृ विद्या भट्टराई विजयी हुनुभएको छ । नेतृत्वमा महिला उम्मेदवार विजयी हुँदा गर्वावानवित भएको छु । महिलाको समस्या र उत्पीडनको बारेमा सदनमा विशेष आवाज उठाउनु हुन्छ भन्ने आशा गरेको छु ।’ 


निर्वाचनको अभियानका दौरान अहोरात्र स्वतन्त्र रुपमा खट्नुहने समस्त साथीहरु र आम मतदाताहरुलाई धन्यवादसहित आभार प्रकट गरेकी छिन् । सो क्षेत्रबाट विद्या भट्टराई निर्वाचित भएकी छिन् भने गुरुङ सातौ स्थानमा सिमित भइन् । 
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्